शुक्रबार, चैत १६, २०८०

संगठनात्मक कार्ययोजना पेश गर्न माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचना निर्माणका लागि प्रतिवेदन पेस गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल रहेको कार्यदल गठन गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलले पार्टीको संगठन निर्माणकाबारेमा सुझाव दिनेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटवार्ताकाबारेमा ब्रिफिङ गरेका थिए ।