शुक्रबार, बैशाख ०७, २०८१

पाटनको चर्चबाट गायिका अञ्जु पन्त र प्रेमी थीर कोइराला विहे बन्धनमा बाँधिए

ललितपुर । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइरालाबीच आज विहे भएको छ । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेका परिणत गरेका छ ।
गायिका पन्त र प्रेमी कोइरालाबीच आज विहे भएको हो । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेका परिणत गरेको हो ।

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् ।
एक् दशक अगाडि अञ्जुको गायक मनोजराजसँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् ।

भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए ।