बिहिबार, भदौ २५, २०८३

ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउछु: नवनियुक्त मन्त्री साह

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले आफ्नो पहिलो प्राथमिकता नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउने रहेको बताएका छन् ।

बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेका मन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै जनताको आवश्यकतालाई आफूले उच्च प्राथमिकतामा राखेको बताए।

शपथग्रहणपछि ग्यासको अभावबारे सोधिएको प्रश्नमा उनले भने, ‘जनतालाई जति आवश्यक छ, त्यो दिनैपर्छ । यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौँ ।’

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सर्वप्रथम निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग विगतमा भएका कामकारबाही र बाँकी रहेका कार्ययोजनाबारे जानकारी लिने र त्यसैका आधारमा अघि बढ्ने बताए ।

मन्त्रालयमा पुगेपछि नवनियुक्त मन्त्रीले शिष्टता र श्रद्धा प्रदर्शन गरे । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साह इंजीनियरिंगका विद्यार्थी हुन ।

यसमा तपाईको प्रतिक्रिया