टोकियो । नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भोटेकोशी क्षेत्रका पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रवासी नेपाली मञ्च, जापानले आर्थिक सहयोग गरेको छ।
राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले मञ्चको तर्फबाट ४ लाख ४ हजार ६५४ जापानी येन आर्थिक सहयोग संकलन गरी पठाइएको उपाध्यक्ष बाबुराम भण्डारीले जानकारी दिनुभयो। उक्त रकम नेपाली करिब ३ लाख ९६ हजार रुपैयाँ बराबर रहेको छ।
मञ्चका जापान इन्चार्ज तथा अन्तर्राष्ट्रिय कमिटी सदस्य डा. आर्थिक सहयोग संकलन संयोजक डा. सरोज कँडेलले विपद्को यस कठिन घडीमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विपद्मा परेका परिवारलाई तत्काल राहत तथा पुनर्स्थापनाका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै “तपाईंको सानो सहयोगले पनि विपद्मा परेका परिवारका लागि ठूलो राहत बन्न सक्छ” भन्नुभयो।
प्रवासी नेपाली मञ्च जापानको यस अभियानमा साथ सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि नेपालमा हुने प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रवासी मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेलले बताउनु भयो ।

