म्यानमारमा सैनिक कू विरुद्धको प्रदर्शन थप चर्किँदै

म्यान्मारमा सैन्य कूविरुद्ध आह्वान गरिएको हडतालको दिन प्रमुख सहरहरूमा हजारौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका छन् । व्यवसायी र कामदारहरूले पनि सहभागी भएकाले व्यापार व्यसायहरू बन्द भएका छन् ।

द्वन्द्वको बाटोमा अघि बढे ज्यान जान सक्ने चेतावनी सेनाले दिएको थियो । तर प्रदर्शनकारीहरू त्यसबाट अविचलित छन् । गत माघ १९ सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा तनाव बढेको छ । आइतवार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले कारबाही गर्दा दुई जनाको मृत्यु भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया