कोरोना संक्रमणबाट विश्वमा २४ लाख ६३ हजार भन्दाबढीको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ६३ हजार ६१४ पुगेको छ । हालसम्म ११ करोड १२ लाख ४५ हजार ५१७ जना संक्रमित भएका छन् ।

यस्तै, विश्वमा ८ करोड ६१ लाख २१ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमितमध्ये २ करोड २६ लाख २९ हजार भन्दाबढी सक्रिय संक्रिमत रहेका छन् भने ९४ हजार ८७९ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ७ हजार ७४६ जनाको मृत्यु भएको छ भने २ करोड ८६ लाख ३ हजार भन्दा बढी संक्रमित भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख ७६ हजार नाघेको छ भने १ लाख ५६ हजार २ सय बढीको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया