विश्वमा ८ करोड ५७ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ११ करोड ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ९२ हजार भन्दाबढी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ करोड ८ लाख हजार २४ सय ५८८ पुगेको छ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा ११ हजार २ सय बढीको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण हालसम्म २४ लाख ५१ हजार ४ सय ५८ जनाको मृत्यु भइसकेको छ। विश्वमा हालसम्म ८ करोड ५७ लाख ६६ हजार १७८ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा दुई करोड २६ लाख ५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दाबढी प्रभावित अमेरिकामा हालसम्म संक्रमितको संख्या दुई करोड ८५ लाख २३ हजार ५ सय २४ पुगेको छ । संक्रमितमध्ये एक करोड ८७ लाख ३ हजारभन्दा बढी निको भएका छन् भने ५ लाख ५ हजार ३ सय ९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार १२३ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ६४३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड ९ लाख ६२ हजार १८९ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया