गायक आचार्यको ‘बाटो दैलाको पानी घैलाको’ बोलको गीत सार्वजनिक

टोकियो । फेब्रुवरी १४ प्रेम दिवसको यहि प्रेमिल समयको संघारमा लोकप्रिय गायक युवराज आचार्यले पहिला पहिलाको मायाँ पिरती सम्झाउने सुमधुर लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।

नेपाली लोक दोहोरी, गीत संगितको क्षेत्रमा लोकप्रिय गायक आचार्यले फेब्रुवरी १० तारिख बाटो दैलाको पानी घैलाको बोलको गीत सार्वजनिक गरेका छन् ।

मायाँ पिरतीका रोमाञ्चक वार्तालापसँगै विगतका प्रेम सम्बन्ध र समयहरुलाई स्मरण गराएको गीतको म्यूजिक भिडियो झनै सुन्दर बनेको छ । जसमा सुनमा सुगन्ध थप्ने काम कलाकारहरु गरिमा शर्मा, लोमश शर्मा र काजिश श्रेष्ठले गरेका छन् ।

युवराज आचार्यलाई गीतमा साथ दिएकी छिन् चर्चित गायिका सुनिता बुढा क्षेत्रीले । बिदुर शर्माको गीतमा सुमधुर संगीत गायक युवराज आचार्य आफैंले भरेका हुन् ।

गीतलाई सुन्दर बनाउन अडियो भिडियो आयुस म्युजिक कम्पनीले गरेको हो भने निर्देशन काजिश श्रेष्ठ, सिनेमाटोग्राफी अर्जुन तिवारी तथा भिडियो ईडिट दिपक विष्टको रहेको छ ।

म्यूजिक भिडियोलाई गायकले आफ्नै युट्युव च्यानल युवराज आचार्य मार्फत सार्वजनिक गरेका छन् ।
https://www.youtube.com/watch?v=k0QCRXWEb0I

फेसबुकबाट तपाइको प्रतिक्रिया