शुक्रबार, चैत १६, २०८०

जापानबाट “तिम्रो यादमा पिउने बानीले” गीतको म्युजिक भिडियो सार्वजनिक

जापान । आफ्नो देशको माया र कला र संस्कृतिको जर्गेना गर्न स्वदेशमा बसेर मात्र हैन विदेशमा बसेर पनि गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै जापान बस्नुभएका नेपालीहरुले आज एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

जापानबाट मोहनकुमार श्रेष्ठ र मनराज गुरुगंद्धारा रचित तिम्रो यादमा पिउने बानीले बोलको गीतलाई जापानका विभिन्न शहरहरुमा छायांकन गरि wave Cafe YouTube च्यानलबाट सार्वजनिक गरेका हुन ।
मनराजले संगीत दिनुभएको गीतको म्युजिक भिडियोमा विजय थापा,सोनाली परियार, बिनोद खत्री ,पवन राजा,सपना थापा ,मनोज केसी, विनम जंग खत्री र रिमा खत्रीको अभिनय रहेको छ ।
उक्त भिडियो तेजेन्द्र भण्डारी र अंजित जंग क्षेत्रीको छायांकन, सम्पादन अजित जंग क्षेत्री र कलर गोविन्द्र बिष्टले गर्नुभएको छ भने म्युजिक भिडियोको निर्देशन मनराज र विजय काजीको रहेको छ ।
पवन राना मगरको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा प्रेममा रम्न चाहने युवाको परिस्थितिको चित्रण गरिएको छ ।