जापानमा थप ७ प्रान्तमा प्रधानमन्त्रीद्धारा आपतकाल घोषणा, कोरोना संक्रमित ३ लाख नाघ्यो

टोकियो । जापानभर कोरोना संक्रमण बढेपछि थप सात प्रान्तहरुमा आपतकाल घोषणा गरेको छ । यो संगै जापानमा ११ क्षेत्रमा आपतकाल घोषणा भएके छ ।

जापानमा यसअघि टोकियो महानगरसहित, साईतामा,चिबा र खानागावा केनमा आपतकाल घोषणा गरेको थियो भने आज ओसाका,क्योतो,ह्योगो,आईची, गिफु,फुकुओका र तोचिगी केनमा आपतकाल घोषणा गरेको हो ।

जनवरी १३ तारिख प्रधानमन्त्री योशिहिदे सुगाले आपतकालको औपचारिक घोषणा गरेका हुन । ओसाका सहित अन्य प्रान्त सरकारहरुले यस अघि नै आर्थिक पुनउत्थान मन्त्री संग भिडियो कन्फ्रेन्स गरी आपतकाल घोषणा गर्न केन्द्र सरकारलाई औपचारिक अनुरोध गरेका थिए ।

प्रधानमन्त्री सुगाले गम्भीर अवस्था सुधार गर्नका लागि यो एक अपरिहार्य उपाय हो भनेर बुझ्न अनुरोध गर्दै सबैसंग सहयोग गर्न आग्रह गरेका छन् । उनले ११ क्षेत्रका नागरिकहरूलाई आवतजावत रोक्न नीति पनि घोषणा गरेका छन् ।

उनले थपे, हामीले गर्नुपर्ने सबै कुरा हामी गर्न चाहन्छौं, धेरै प्रतिबन्धसहितको जीवनमा कठिन समय बिताउनु पर्दछ, तर हामीले यसलाई पार गर्नु पर्ने भन्दै जनताको सहयोगका लागि अनुरोध गरेका छन् ।
जापानमा हालसम्म कोरोना संक्रमित ३,०४,१२८ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया