विश्वमा एकैदिन १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु,अमेरिकामा ४ हजार बढीको मृत्यु

विश्वमा कोरोना भाईरस संक्रमितको अवस्था ९ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ करोड २० लाख ६ हजार १७८ पुगेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै बढी हो । अहिलेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ७० हजार ३० पुगेको छ । अहिलेसम्म ६ करोड ५८ लाख १८ हजार ६२९ जनाले कोरोना संक्रमणमुक्र भएका छन् ।

संक्रमितमध्ये २ करोड ४२ लाख १७ हजार ५१९ जना होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये १ लाख १० हजार ८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा एकैदिन ४ हजार ८५ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ५९९ पुगेको छ । त्यस्तै, एकैदिन २ लाख १२ हजार ४०४ जना संक्रमित थपिएसंगैसंक्रमितको संख्या २ करोड ३३ लाख ६८ हजार २२५ पुगेको छ ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या १ करोड ४ लाख ९५ हजार ८१६ पुगेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ५६४जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया