जापानमा एकैसाता दुई नेपाली युवाको मृत्यु, स्वर्गिय सन्दिपको जनवरी १८ तारिख अत्येष्टी गरिने

टोकियो । जापानमा एक युवकको युवकको आज हृदयघातको कारण मृत्यु भएको छ ।bनेपालको पोखरा स्थायी घर भएका जापानमा ३५ बर्षिय सन्दिप तुलाचनको आईतबार विहान जापानको कावासाकीमा मृत्यु भएको हो ।

कानागावा केनको कावासाकीमा परिवार सहित बस्ने तुलाचनको आइतबार विहान ५ बजेको सयममा अस्पतालमा मृत्यु भएको थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दी गौचनले जानकारी दिनुभयो ।

थकाली सेवा समिति जापानका अध्यक्ष गौचनका अनुसार श्रीमती सहित जापानमा रहेका तुलाचनको पार्थिव शरीरलाई जनवरी १८ तारिख २ वजे अत्येष्टी गरिने जानकारी दिनुभयो ।

सिजुओकामा कुक पेशामा कार्यरत ३८ बर्षिय खत्रीको निधन
जापानमैं हिजो शनिबार सिजुओकामा बागलुङ जिल्ला गल्कोट नगरपालिका ४ खरुवा स्थायी घर भई गत ३ बर्ष देखि जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा कार्यरत ३८ बर्षिय पुर्ण बहादुर खत्रीको उपचारको क्रममा असामयिक निधन भएको थियो ।

ब्रेन हेम्रेजका कारण उपचारकै क्रममा निधन भएका खत्रीको आज आइतबार अत्येष्टी गरिको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया