शुक्रबार, चैत १६, २०८०

ओसाकासहित थप तिन प्रान्तले पनि आपतकाल घोषणा गर्न केन्द्रिय सरकारलाई अनुरोध गर्ने

जापान । जापान सरकारले राजधानी टोकियो र साईतामा,चिवा र कानागावा क्षेत्रमा बिहिबार एक महिने आपतकाल घोषणा गरेसंगै थप ३ प्रान्तले पनि आपतकाल घोषणा गर्न केन्द्रिय सरकारलाई अनुरोध गर्ने भएको छ ।

कोरोना संक्रमणको दर थपिदै गएपछि जापानमा संक्रमणबाट राजधानी टोकियो र आसपासका क्षेत्र मात्र नभई अन्य क्षेत्र पनि प्रवाभित बनेको छ । जापानको ओसाका, क्योटो र ह्योगोमा पनि संक्रमण दर उच्च रहेकोले यी क्षेत्रहरुले पनि संयुक्त रुपमा केन्द्रिय सरकारलाई छिटो भन्दा छिटो आपतकाल घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेका छन् ।

ओसाका प्रान्तबा गभर्नर हिरोफुमी योशिमुराले भने “यदि हामीले केन्द्रिय सरकारलाई संक्रमणको बिरूद्ध कदम चाल्न आग्रह गरेनौं भने अबस्था झन जटिल हुने बताएक छन् ।

त्यस्तै क्योटो प्रान्तको सरकारले पनि ओसाका र ह्योगोसँग मिलेर केन्द्रिय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।