शुक्रबार, बैशाख ०७, २०८१

‘फर्क राजा’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । पछिल्लो समय सडकमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै विभिन्न आन्दोलन भइरहेका बेला राजतन्त्रको माग गरिएको ‘फर्क राजा फर्क’ बोलको गीत सार्वजनिक भएको छ ।

अर्जुन खड्काको शब्द तथा संगीत रहेको गीतमा राजालाई भगवानको अवतारको रुपमा प्रस्तुत गरिएको छ । उक्त गीतमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजगद्दीमा फर्कन अनुरोध गरिएको छ ।

गीतमा तृप्ति खड्का, कृष्ण केसी, दीपिका बयम्बु, सूर्य विनायक, कालिका रोका, मोहन केसी, मिना अधिकारी, कुशल बेलबासी, अनुजा पुडासैनी र अर्जुन खड्काको संयुक्त स्वर सुन्न सकिन्छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा मौसमी मल्ल, राजाराम पौडेल, रमा थपलिया, गोविन्द राई लगायतको अभिनय देख्न सकिन्छ । साथै भिडियोमा राजतन्त्र फर्काउन भएका आन्दोलनका दृश्यहरु पनि समेटिएको छ ।