सबिनबाबुको पहिलो कोसेली मगर भाषाको गीत ’पट्टकोके झोर्ले’सार्वजनिक (भिडियोसहित)

टोकियो । जापानमा कर्मथलो बनाउदैं आएका सबिनबाबु मगरले सांगितीक क्षेत्रमा पहिलो कोसेली ’पट्टकोके झोर्ले’ गीत ल्याएका छन् ।

संगितकर्मी,सर्जक सबिनबाबु मगरले माघे सकरातिको अबसरमा सबिनबाबुकै शब्द,संगीत र सबिनबाबु र निरु श्रीस मगरको स्वरमा ‘पट्टकोके झोर्ले’ गीत सार्वजनिक गरेका हुन ।

गीतमा विशाल नेपालले एरेन्ज,कुमार रानाको मिक्निङ रहेको छ । उक्त म्यूजिक भिडियोमा बन्दना घर्ति मगर र रमेश बाबु थापा मगरको अभिनय देख्न सकिनेछ । मगर भाषाको उक्त गीतको म्यूजिक भिडियोमा चित्र मास्की मगरले निर्देशन गरेका छन् ।

नविन घर्ति मगरले सम्पादन गरि रोषण भूसालले श्रृगार गरेको उक्त गीत सबिनबाबु मगरकै यूट्युव च्यानलबाट सार्वजनिक गरेका हुन ।

हेर्नुहोस् भिडियो

फेसबुकबाट तपाइको प्रतिक्रिया