सिन्धुपाल्चोकको गुफाडाँडामा यस बर्षपनि राष्ट्रिय जलवायु दिवस सम्मेलन उद्घाटन

शुसिल सुवेदी,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाएको छ ।

आज शुक्रबार एक कार्यक्रमको विच राष्ट्रिय जलवायु सम्मेलन उदघाटन भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नं। ९ गुफाडाँडामा यस बर्षपनि दोस्रो जलवायु दिवस तथा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको हो ।

जलवायु दिवसको अवसरमा अन्र्तक्रिया सहितको विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख तामाङले जानकारी दिनुभयो ।
गत बर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम कोभिड १९ का कारण सामान्य मात्रै गर्ने तयारी रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
जलवायु सम्मेलनका क्रममा २०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया