लोकप्रिय गायिका सम्झना र गायक बिक्रमको “के छ का खबर” सार्वजनिक

काठमाडौं । चर्चित लोकप्रिय गायिका सम्झना लामिछाने मगर र गायक बिक्रम राना मगरको “के छ का खबर” सार्वजनिक भएको छ ।
गायिका सम्झना लामिछाने मगरको आवाज रहेको निकै उत्कृष्ट गीत के छ का खबर भर्खर मात्र सार्वजनिक भएको हो ।
सम्झनालाई आवाजमा विक्रम रानाले साथ दिएका छन् । सर्जक शिव अखेलिले बाग्लुङ्गको लवजमा निकै उत्कृष्ट शब्द सिर्जना गरेका छन् । गीतलाई अर्का गायक तथा सर्जक सूर्य खड्काले लय सिर्जनामा गरेका छन् ।
गीतलाई अनुभवी निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने अजय रेग्मीले गीतलाई खिचेका छन् ।
गीतमा सम्झना लामिछाने मगर, डिमोन क्षेत्री र आश्विन मगरको अभिनय रहेको छ ।

भिडियो

फेसबुकबाट तपाइको प्रतिक्रिया