बुधबार, बैशाख ०५, २०८१

ओकिनावामा ७८ जना नेपाली विद्यार्थीको भिजा रद्द : शुल्क फिर्तादेखि काठमाडौंसम्मको सबै खर्च स्कुलले ब्यहोर्ने

जापान । जापानको ओकिनावामा अवस्थीत जेएसएल जापानीज भाषा स्कुलका ७८ जना नेपाली बिधार्थीको भिजा रद्द भएपछि स्कुलको शुल्क फिर्तादेखि काठमाडौंसम्मको हवाई लगाएत सबै खर्च स्कुलले ब्यहोर्ने भएको छ ।
उक्त जेएसएल जापानीज भाषा स्कुलका ७८ जना नेपाली बिधार्थीको भिजा रद्द भएपछि स्कुलको शुल्क फिर्तादेखि काठमाडौंसम्मको हवाई लगाएत सबै खर्च स्कुलले ब्यहोर्ने भएको हो ।
नेपाली बिधार्थीको भिजा रद्द पश्चात गैरजिम्मेबार तवरले जापानमा बस्ने नेपालीहरूले पिडीत बिधार्थीलाई थप पिडा थप्ने गरी बिभिन्न ट्रोल,टिकटक लगायत भ्रामक समाचार बनाएकोमा स्कुल परिवार दुखीत बनेको जनाएको छ । बिधार्थीले तोकेको नियमभन्दा बढी काम गर्दा भिजामा समस्या आएको उक्त स्कुलले जनाएको छ ।
भिजा क्यानसिल भएकै दिनबाट स्कुलले कुनै शुल्क नलिने र लिएको सवै शुल्क फिर्ता गर्ने भएको छ,नेपाल फर्कन पर्दा गर्न पर्ने कोभिड-१९ पिसीआर टेस्ट,फर्कने ओकिनावादेखि नारीता हुँदै काठमाण्डौसम्मको टिकटको ब्यवस्था र टोकियोमा बस्ने होटलको खर्चसमेत स्कुलले ब्यहोर्ने भएको छ । कुनै पनी भाषा टेस्ट,तोकुतेई गिनोउको प्रकृया लगाएत कुनै कारणले नेपाल फर्कन ढिलो हुनेहरूलाई होस्टेल फ्रि समेत नलिने बताएको स्कुलका नेपाली कर्मचारी विशाल लामाले जानकारी दिनुभयो ।
सम्भवत बिधार्थीकै कारण भिजा बिग्रदा यती धेरै सहुलियत र सहयोग गर्ने विद्यालय पहिलो भएको बुझिएको छ । नेपालमै समेत सम्वन्धीत विद्यालयको शाखा रहेको छ ।
करीव ४५० बिधार्थीको क्षमता रहेको यस स्कुलमा नेपाली लगाएत चाईनी,अमेरीकन,भेतनामी र श्रीलंकन बिधार्थीहरु अध्ययन गर्दै आएका छन् ।
जापानी भाषा स्कुलको जेएसएल जापान एकेडेमी प्रेसिडेंट नोबरु शिमाजिरीका अनुसार उक्त स्कुलमा अध्ययनरत ७८ जना नेपाली विद्यार्थीहरुलाई गैरकानुनी रोजगारीका कारण भिजा नवीकरण नगरेपछी फुकुओका इमिग्रेशन ब्यूरोले उनीहरूलाई तीन महिना भित्र स्वदेश फर्कन भनेको ओकिनामा टाइम्सको समाचारमा उल्लेख छ ।
स्कुलको अनुसार १९८६ मा स्कुल खोले यता अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई यति धेरै संख्यामा पहिलो पटक जापानबाट फर्काएको हो । स्टूडेंटहरु स्कुलमा १०० प्रतिशत हाजिर भएपनि सातामा २८ घण्टाभन्दा बढी समय काम गरेको कारण भिजा नदिएको जनाएको छ ।