शुक्रबार, असार ०५, २०८३

विश्वमा चार करोड ३१ लाख संक्रमणमुक्त, १४ लाख ५८ हजारको मृत्यु

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ लाख ५८ हजार ११२ जनाको मृत्यु भएको छ ।

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमण पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिदैं गएको छ । हालसम्म विश्वमा ६ करोड २५ लाख ६४ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये चार करोड ३१ लाख ८८ हजार ७ सय ५ जना कोरोनामुक्त भएका हुन् ।

यस्तै, हाल विश्वमा एक करोड ७९ लाख १७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने १ लाख ५ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म १ करोड ३६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८० लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७२ हजार दुई सय ५४ जना संक्रमितको मृत्यु भईसकेको छ ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म ९३ लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ लाख ९९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार सात सय पाँच पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६२ लाख ९० हजार २७२ पुगेको छ भने १ लाख ७२ हजार ६३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५६ लाख ६२ हजार भन्दा बढी निको भएका छन् ।