शुक्रबार, असार ०५, २०८३

विश्वमा एकैदिन ११ हजारबढी कोरोना संक्रमितको मृत्यु,५ लाख ३४ हजारबढी संक्रमित थपिए

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ लाख १४ हजार ६२१ जनाको मृत्यु भएको छ ।

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमण पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिदैं गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभरी ११ हजार ६५२ जनाको मृत्यु भएको छ भने ५ लाख ३४ हजार ७० जना थप व्यक्ति कोरोना संक्रमित भएका छन् । यो संगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ९९ हजार ७७१ पुगेको छ ।

संक्रमितमध्ये चारकरोड १५ लाख ४९ हजार ९ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल विश्वमा एक करोड ७१ लाख ५३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने १ लाख ३ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा संक्रमित संख्या १ करोड २९ लाख ५५ हजार ७. पुगेको छ । संक्रमितमध्ये ७६ लाख ३६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६५ हजार आठ सय ९१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म ९२ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार सात सय ४३ पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६१ लाख २१ हजार नाघेको छ भने १ लाख ७० हजार १७९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख ७६ हजार भन्दा बढी निको भएका छन् ।