शुक्रबार, बैशाख १४, २०८१

कोभिड विरुद्धको खोप स्वीकृतिका लागि फाइजर र बायोनटेकद्वारा आवेदन

कोरोना भाइरसविरुद्धको खोप बनाएको दावी गरेका दुई अमेरिकी कम्पनीले इजाजतका लागि आवेदन दिएका छन् ।

फाइजर र त्यसको साझेदार बायोन टेकले आवेदन दिइसकेका बीबीसीले जनाएको छ । उनीहरुले अमेरिकी खाद्य तथा औषधि व्यवस्था विभाग एफडिएमा अनुमतिका लागि निवेदन दर्ताको तयारी गरेका छन् । तर ती कम्पनीले दावी गरे अनुसारका तथ्य अध्ययनमा एफडिएले कति समय लगाउँछ भन्न नसकिने अवस्था छ ।

तर डिसेम्बर मध्यसम्म अर्थात् १ महिनाभित्रमा स्वीकृति पाउने अपेक्षा अमेरिकी सरकारको छ । ६५ वर्षमाथिको उमेरका ९४ प्रतिशत मानिसलाई खोपले बचाउने परीक्षण तथ्यांकसहित कम्पनीहरुले निवेदन दिन लागेका हुन् । यो खोप बेलायतले ४ अर्व डोज पहिले नै अर्डर गरिसकेको छ ।