शिक्षा र स्वास्थ्य क्षेत्रबारे केही जिज्ञासाहरू

केशवप्रसाद भट्टराई ।
१. नोवेल पुरस्कार प्राप्त अर्थशास्त्रीहरू अमत्र्य सेन, जोसेफ स्टिगलिज र विश्वमा मानव विकास सम्बन्धमा नयाँ दर्शन विकास गर्ने महबुबअल हक जस्ता प्राज्ञहरूले धेरै अघि देखि शिक्षा र स्वास्थ्यमा गरिने लगानीलाई मुलुकको विकास,समृद्धि सुनिश्चित गर्ने, मानव विकास, प्रजातन्त्र र स्वतन्त्रतालाई प्रवद्र्धन गर्ने सवैभन्दा भरपर्दो र दीगो लगानी भनेर लेखिरहेका थिए ।

२. केही वर्ष अघि अमेरिकाको विख्यात ब्रुकिङ्गस् इन्स्टिच्युटले विभिन्न विज्ञहरूबाट गराएको एक अनुसन्धान अनुसार मुलुकको सुरक्षा र प्रतिरक्षामा पनि शिक्षामा गरिने लगानीको स्तर र चरित्रले निर्णायक भूमिका रहने गरेको बताएको थियो ।

३. निकोलस स्टर्न भन्ने एक अर्का नोबेल पुरस्कारबाट सम्मानित एक अर्का अर्थशास्त्रीले केही वर्ष अघि गरेको एक अध्ययन अनुसार कुनै व्यक्तिलाई प्राप्त हुने एक वर्षको अतिरिक्त शिक्षा र तालिमले उसको आयमा आजीवन २५ देखि ५० प्रतिशतसम्म वृद्धि हुने बताएका थिए ।
अन्य कतिपय विषयको हकमा यसको प्रत्यक्ष असर अनुभव हुने तर देख्न नसकिए पनि
मेडिकल, इञ्जिनियरिङ्ग, कृषि प्रविधि जस्ता क्षेत्रमा यस्तो एक वर्षको अतिरिक्त शिक्षा र तालिमको निकोलस स्टर्नले भने जस्तै सोझै वृद्धि भएको देख्न सकिन्छ

४. यो वर्ष हामीले हाम्रा विद्यार्थीहरूलाई दिएको शिक्षा र तालिमले नेपालको विकास, समृद्धि, राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, मुलुकको प्रजातन्त्र र स्वयम् व्यक्तिको स्वतन्त्रताको स्तरमा दीर्घकालीनरूपमा असर पर्छ कि पर्दैन होला ?
त्यस्तो असर पर्ने अवस्थामा त्यसको क्षतिपूर्तिको लागि योजना आयोग र अन्य नीति निर्माण सम्बन्धी प्रतिष्ठान हरूको ध्यान गएको होला/नहोला ?
स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारहरू आएको यति समयमा नागरिकको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा कति उपलव्धि प्राप्त भयो होला ?
कति नयाँ स्कूल र अस्पताल हरू खुले होलान् ?
कति डाक्टर, नर्स र अन्य स्वास्थ्य कर्मी र स्वास्थ्य सेवीहरूको दरबन्दी निर्माण भयो होला ?
कति नयाँ नियुक्ति भयो होला ?
जवाफ कसले दिने होला ?

फेसबुकबाट तपाइको प्रतिक्रिया