मानहुँकोट डाँडा लोकप्रिय बन्दै,हजारौं पर्यटकको आगमनसंगै दिर्घकालिन विकासमा चासो

पोखरा । सामाजिक संजालमा एक भिडियो भाईरल भएपछि तनहुँको मानहुँकोट डाँडा लोकप्रिय बन्दै गएको छ । हजारौं पर्यटकको आगमनसंगै स्थानीय सरकारले दिर्घकालिन विकासमा चासो दिएके हो । तनहुँ जिल्लाको व्यास नगरपालिका ५ मा रहेको मानहुँकोट डाँडा कृहि दिनयता निकै चर्चित छ । यहाँ दिनहुँ मानिसहरुको भिड लाग्न थालेको छ । केही समयअघिसम्म उपेक्षित मानहुँकोटमा हिजोआज दिनमै एक हजारभन्दा धेरै मानिस घुम्न पुग्छन् । बस्ती नै रित्तिसकेको यो डाँडोमा अहिले मान्छेको चापलाई व्यवस्थापन गर्न गाह्रो भएको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने बताउँछन् ।
डाँडो र त्यहाँबाट देखिएका दृश्य सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो । त्यसपछि बिस्तारै आन्तरिक पर्यटकको चाप बढेको र शनिबार अत्यधिक भिडभाड भएपछि नगरपालिकाले व्यवस्थापनका लागि हिजो आइतबार डाँडामै बैठक राखेको थियो ।
बस्ने ठाउँ नपाएर, मान्छेहरु होटल पनि नपाएर चोक र गल्लीमा छन्,’ मेयर न्यौपानेले भने, ‘हामी पनि चकित छौं । आज मिटिङ त्यहीँ राखेका छौं । मानहुँकोट जान सदरमुकाम दमौली बजार र नजिकैका जिल्लाहरुका मात्रै नभएर पश्चिम कञ्चनपुर, पूर्वको झापा, काठमाडौं, चितवनलगायतका जिल्लाबाट गाडी रिजर्भ गरेर पनि मानिसहरु आइरहेका मेयर न्यौपानेले बताए । उनीहरुले सूर्योदय र सूर्यास्त हेर्न दार्जिलिङ जानुभन्दा मानहुँकोट आएको बताउने गरेका छन् । र्यटकको चाप बढेपछि उपेक्षित मानहुँकोटमा अहिले भने दमौलीका व्यापारीले जग्गा खरिद गर्न थालेका छन्
जिल्ला सदरमुकाम दमौली बजारबाट ६ किलोमिटर टाढा पर्ने यो डाँडालाई ‘बजारको छाता’ पनि भनिन्छ । समुन्द्र सतहदेखि ११०० मिटर उचाइमा रहेको मानहुँकोट खासमा मान्छे बस्न नरुचाउने डाँडो हो । पछिल्लो समय यहाँ मानव बस्ती निकै पातलिएको छ । पुरानो बस्तीका मानिस बसाइ सरेर ७ घर मात्र बाँकी छन् । केही वर्षअघिसम्म ७० घर रहेको यो ठाउँका कोही नजिकैको दमौली बजारतिर झरे, कोही अन्तै बसाइ सरे ।

नजिकै भएकोले धेरैजसो थातथलो छोडेर दमौली बजार नै बसाइ सरेको स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम दमौली र मानहुँकोटको दुरी जम्मा ६ किलोमिटर पर्छ ।
मानहुँकोटमा अहिले पनि खानेपानीको सुविधा छैन । एक घण्टाको बाटो हिँडेर यहाँका बासिन्दा खानेपानीको जोहो गर्छन् । मानहुँलाई नगरपालिकाले पर्यटकीय स्थलका रुपमा लिए पनि पर्यटकलाई आह्वान गरेको थिएन । तर एकाएक पर्यटकको संख्या ह्वात्तै बढ्यो ।
बस्ती हराउँदै गएको यो डाँडामा मान्छे ओइरिनुका केही कारण छन् । डाँडाका केही विशेषताका कारण पूर्वदेखि पश्चिमबाट पर्यटकहरु आइरहेका छन् ।

यो डाडो आफैंमा भ्यू टावर हो । अग्लो र फराकिलो क्षेत्र भएकाले यहाँबाट गण्डकी प्रदेशका धेरै क्षेत्र देखिन्छ । मुख्यतस् दिउँसो यो डाँडाबाट ‘ह्वाइट लेक’ अर्थात हिमालय क्षेत्र प्रष्टसँग देखिन्छ । बिहान र बेलुका सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायतका हिमशृङ्खला देखिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया