शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापानका महासचिव शाहीद्वारा जेबी फाउन्डेशन स्थापना

जापान । एनआरएनए जापानका महासचिव जनकबिक्रम शाहीद्वारा गैर नाफामुलक संस्था जेबी फाउन्डेशन स्थापना गर्नु भएको छ । सामाजिक अभियन्ता शाहीले आफ्नो जन्मदिनको अवसरमा औपचारीक रुपमा जन्मदिन नमनाए पनि किन यही खुशीको अवसरमा केही राम्रो काम नगर्ने भन्ने सोचका साथ एउटा शुभकार्य गर्ने निर्णय गरेर जेबी फाउन्डेशन स्थापना गरेको जानकारी दिनुभयो ।
सामाजिक जीवनको यति लामो यात्रामा कैयन पटक, कैयन ठाउमा बिभिन्न व्यक्ति, संस्था, ग्रुपहरुलाई आफुले सकेको सहयोग गर्दै आए पनि त्यो व्यक्तिगत तर्फ़बाट रहेको थियो अब तेही सहयोग र साथ् लाई संस्थागत हिसावले गर्नको निम्ति आजैको दिन अक्टोबर १८ बाट जेबी फाउन्डेशन नामक गैर नाफामुलक संस्थाको स्थापना गर्ने निर्णय गरेको बताउनु भयो । साथै संस्थाको तर्फ़ बाट निलसागर सेवा आश्रम नेपालगंज लाई ३० हजार नेपाली रुपैया सहयोग गरेको र आगामी दिनमा पनि यस संस्थाको माध्यम बाट बिभिन्न गैरनाफामुलक कार्य गर्दै जाने पनि बताउनु भयो ।