शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानको आर्थिक छानबिनको लागि समिति गठन

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आर्थिक अमियमिताको छानबिन गर्न एक समिति गठन गरेको छ । संघको संस्थापक अध्यक्ष राजन प्रधाङगको संयोजनमा छानबिन समिति गठन गरेको हो ।
सामाजिक संघ संस्था आर्थिक पारदर्शिता प्रमुख हो । हामी एनआरएनएभित्र यसलाइ सबै माझ चुस्तदुरुस्त हिसाब होस भन्ने नै चाहन्छौ । पछिल्लो समयमा जापानको एनआरएनए एनसीसिमा देखिएको आर्थिक बिबाद बारेमा एनआरएनए एशिया प्यासिफीकले गम्भीर ध्यानार्कषणसंगै यस बारेमा छलफल अगाडी बढाएर छानबिन समिति गठन गरेको आरसी गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
एशिया क्षेत्रले ठोस कदम चालोस भन्ने एनआरएनए आइसिसीको निर्देशनसंगै हामीले स्वतन्त्र छानबिन समिति गठन गरि कामकार्बाहीको लागि अनुरोध गरिएको आरसी श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार कुनै पनि बिषयआइ सके पछि यसको अन्तीम बिन्दुसम्म पुग्नु पर्छ यो हाम्रो कर्तब्य पनि हो, बिगतका कार्यकालमा भएको आर्थिक बिषयलाई जनगुनासो जसले बिगतमा भएका गल्ति कमजोरीहरु पनि सबै बाहिर आउन र भोलिका दिनहरुमा यस्ता कुराहरु नदोरिउन भन्ने हाम्रो चाहना हो ।
यि सबैकुराहरुलाइ मध्यनजर गर्दै एनआरएनए जापानका सस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा देहाय बमोजिमको अधिकार सम्पन्न स्वतन्त्र छानबिन समिती गठन गरेको जानकारी गराएको छ ।
छानबिन समितिमा संयोजक राजन प्रधानांग सदस्यहरूमा बिजय थकाली, डा.बलराम श्रेष्ठ,शालिग्राम भण्डारी,डा.सरोज कंडेल छन ।
एनआरएनए एशिया प्यासिफीकका संयोजक (आरसी)गोबिन्द श्रेष्ठ रोबिन्दका अनुसार छानबिन समितिलाई स्वतन्त्र अधिकार दिएको र आफनो कार्यतालिका अनुसार काम गर्ने बिश्वास लिएको बताउनुभयो ।
एनआरएनए जापानमा अघिल्ला कार्यसमितिले गरेको आर्थिक अनियमिता हालका संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले सामाजिक संजालमार्फत सार्वजनिक गर्नुभएको थियो ।