मङ्गलबार, बैशाख ०४, २०८१

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा नियुक्त

पोखरा । गण्डकी विश्वविद्यालयले पहिलो उपकुलपति पाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रा.डा. नवराज देवकोटालाई शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।

कुलपति नियुक्त भएको सात महिनापछि गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्री संयोजक, कुलपति प्रा.डा. गणेशमान गुरुङ र मन्त्रालयका सचिव सदस्य रहेको सिफारिस समितिले देवकोटालाई सिफारिस गरेको थियो ।

गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राक स्थायी घर भएका देवकोटा २०४३ सालबाट विश्वविद्यालय शिक्षण पेसामा प्रवेश गरेका थिए । देवकोटाले थाइल्यान्डको चियाङ माई विश्वविद्यालयबाट कृषि विज्ञानमा एमएस्सी र न्युजिल्यान्डको मासे विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।