काठमाडौं । जेन्जी आन्दोलनमा घाइटे भएका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनापछि आज बिहीबार स्वदेश फर्किएका छन्।
स्वास्थ्य उपचारका क्रममा लामो समय विदेशमा रहेका देउवा थाइल्यान्ड हुँदै काठमाडौं आइपुगेका हुन्।
देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि स्वागतका लागि ठूलो संख्यामा नेता–कार्यकर्ता विमानस्थलमा पुगेका थिए। स्वास्थ्य उपचारका लागि देउवा गत फागुनमा सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए। करिब पाँच महिनाको विदेश बसाइपछि उनको स्वदेश फिर्तीलाई नेपाली कांग्रेसभित्र विशेष राजनीतिक महत्वका साथ हेरिएको छ।
देउवाको स्वदेश आगमनसँगै नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व विवाद र पार्टीको आगामी राजनीतिक दिशाबारे बहस थप चर्किने देखिएको छ।
देउवाको आगमनसँगै कांग्रेसको आगामी राष्ट्रिय भेला, नेतृत्व विवाद तथा पार्टीको राजनीतिक गतिविधि थप चर्चामा आएको छ।

