मङ्गलबार, बैशाख ०४, २०८१

विश्वमा एकैदिन २ लाख ७७ हजार भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६०५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ४ सय ७५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७५ हजार ४०५ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ३३ लाख ९४ हजार भन्दाबढी निको भएका छन् भने अहिले विश्वमा ७४ लाख ५ हजार ९ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ । एकै दिन २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७० लाख ९७ हजार ९ सय नाघेको छ । यस्तै, २ लाख ५ हजार ४ सय बढीको मृत्यु भएको छ भने ४३ लाख ४६ हजार भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ५६ लाख ४० हजार ४ सय ९६ जना संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । संक्रमितमध्ये ४५ लाख ८१ हजार ८ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ४५ लाख ९५ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३८ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३९ लाख ४५ हजार ६ सय भन्दाबढी निको भएका छन् ।