बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा ७६६ सहित १३२५ मा कोरोना पुष्टि,थप १० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३२५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा थप ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा चार पुरुष र ६ महिला गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट थप ९,५८४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७४५१ जना रहेका छन् । आइसोलेसनमा १७,४७८ जना सक्रिय संक्रमित रहेका छन् ।

आइतबार थप ९६६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४६,२३३ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १९० र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ ।