शनिबार, बैशाख ०८, २०८१

एकै दिन २ हजारभन्दा बढीमा संक्रमण ,थप ७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन अहिलेसम्मकै धेरै २ हजार २० जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा ६ सय ९८, भक्तपुरमा ८२ र ललितपुरमा थप ७९ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार थप ८ सय ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच पुरुष र दुई महिला गरी थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगे मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

पीसीआर विधिबाट ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना रहेका छन् । आइसोलेसनमा १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।