उपत्यकामा ४१५ सहित ९२७ मा कोरोना पुष्टि, थप १२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ९ सय २७ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौंमा ३ सय ५० भक्तपुरमा ५४ र ललितपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाकोमृत्यु भएसंगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय ९५ पुगेको प्रवक्ता डाक्टर जागौतमले जानकारी दिए। यो एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ८ हजार ९ सय ३९ जना रहेका छन् । आइसोलेसनमा १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना निको भई शुक्रबार थप १ सय ६९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ । त्यस्तै भेन्टिलेटरमा २२ जना र आइसियूमा १६४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: