विश्मा एकैदिन २ लाख १४ हजारभन्दा बढी कोरोनामुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ६३ हजार नाघेको छ ।

करिब सात महिनादेखि फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड १३ लाख ४५ हजार ७ सय ३१ जना संक्रमित भएका छन् । जसमध्ये ७ लाख ६३ हजार १ सय ३३ जनाको मृत्यु भएको छ।

यस्तै, १ करोड ४१ लाख ३९ हजार ४ सय ६५ उपचारपछि निको भएर घर फर्किएका छन् । यसमध्ये २ लाख १४ हजार ७ सय भन्दाबढी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् । यस्तै, एकैदिन २ लाख ७६ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् ।

संक्रमितमध्ये ६४ लाख ४३ हजार १ सय ३३ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६४ हजार ५ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५४ लाख ७५ हजार २ सय ६६ पुगेको छ । कोरोना संक्रमणका कारण १ लाख ७१ हजार ५ सयबढीको मृत्यु भएका छन् भने २८ लाख ७५ हजार १ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३२ लाख ७८ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ६ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २३ लाख ८४ हजार ३ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २५ लाख २५ हजार २ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४९ हजार १ सयबढीको मृत्यु भईसकेको छ भने १८ लाख ७ हजार ५ सय भन्दाबढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया