गायक युवराजको चर्चित गीत “तिम्रो माया पाउनलाई” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक युवराज चौलागाईले आफ्नो चर्चित गीत “तिम्रो माया पाउनलाई” को लिरिकल भिडियो लिएर बजारमा आएका छन् ।
‘तिम्रो माया पाउन’बोलको गीतको म्युजिक भिडियो दर्शक श्रोताहरुले अत्याधिक मात्रामा रुचाइएको हुनाले र श्रोताको माग अनुसार उनले सोही गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । उक्त गीत सर्बाधिक रुचाइएको गीत मध्ये पर्दछ।युट्युबमा २ करोडको हाराहारी मा भ्यूज बटुन्ल सफल उक्त गीत चन्द्र ज्योती आले ले लेखेकी हुन् । गीतमा राजकुमार बगरले संगीत गरेका छन् भने राजन इशान को संगीत सम्योजन रहेको छ ।
लिरिकल भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा सहित गायक को स्टिल फोटो प्ले गरिएको छ । उक्त गीत को भिडियो नायक पल शाह ले नै डिरेक्सन गरेका हुन ।
गीतमा प्रेमिका को लागी हर चिज गुमाएर खुशी पार्न खोज्दा पनि माया पाउन नसकेको र पिडा धेरै सहनु परेको भाव र दृश्य प्रस्तुत गर्न खोजिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: