बिहिबार, बैशाख ०६, २०८१

विश्वमा १ करोड ३१ लाख भन्दाबढी कोरोनामुक्त,२ करोड २ लाख बढीमा संक्रमण

काठमाडौँ । विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ३१ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड २ लाख ४६ हजार ५ सय ८० जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ३१ लाख ७ हजार ३ सय ६० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ७ लाख ३८ हजार ६ सय ९५ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ६४ लाख ५ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६४ हजार ५ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५२ लाख ५१ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २७ लाख १५ हजार ९ सय बढी निको भएका छन् भने १ लाख ६६ हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३० लाख ५७ हजार ४ सय ७० पुगेको छ भने १ लाख १ हजार ८ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २१ लाख ६३ हजार ८ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २२ लाख ६७ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४४ हजार ३ सयबढीको मृत्यु भईसकेको छ भने १५ लाख ८१ हजार ६ सय भन्दाबढी निको भएका छन् ।