कोभिड १९ संक्रमण बढ्दै गएपछि आईची प्रिफेक्चरमा आपतकाल घोषणा

जापान । कोभिड १९ को संक्रमण बढ्दै गएपछि जापानको आईची प्रिफेक्चरमा आपतकाल घोषणा भएको छ । आज विहिवार अगस्ट ६ तारिखबाट २४ सम्मका लागि प्रिफ्क्चर सरकारले आपतकाल घोषणा गरेको हो । आईची प्रिफेक्चरको मुख्य सहर नागोया क्षेत्र विशेष जोखिमपूर्ण बन्दै गएको छ । आईचीमा अहिलेसम्म २ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण पुस्टि भएको छ । । बुधवार आईची प्रिफेक्चरका मेयर ओमुरा हिदेअकीले आपतकालिन घोषणाको निर्णय लिएका थिए ।
आईचीमा हिजो १४४ जना र आज विहिवार १२३ जना कोरोना संक्रमण भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: