शनिबार, बैशाख ०८, २०८१

कोरोनाबाट विश्वमा ६ लाख ८८ हजारबढीको मृत्यु,१ करोड ८० लाख बढी संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ५ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ करोड ८० लाख ११ हजार ८ सय ६६ पुगेको छ ।

संक्रमितमध्ये १ करोड १३ लाख २६ हजार २ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ हजार ३ सय बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार ६ सइ ८३ पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ५९ लाख ९६ हजार ९ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ७ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४७ लाख ६४ हजार ३ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २३ लाख ६२ हजार ९ सय बढी निको भएका छन् भने १ लाख ५७ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २७ लाख ८ हजार ८ सय ७६ पुगेको छ भने ९३ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख ८४ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतामा १७ लाख ५१ हजार ९ सयभन्दाबढी संक्रमित भएको छन् भने ३७ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ११ लाख ४६ हजार ८ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।