विश्वमा १ करोड ११ लाख बढी कोरोना संक्रमित निको

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ११ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ७७ लाख ५४ हजार २ सय २१ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ११ लाख ५९ हजार ६ सय ३० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ६ लाख ८२ हजार ८ सय ८५ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५९ लाख ११ हजार ७ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ५ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४७ लाख ५ हजार ८ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २३ लाख २७ हजार ५ सय बढी निको भएका छन् भने १ लाख ५६ हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २६ लाख ६६ हजार २ सय ९८ पुगेको छ भने ९२ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख ८४ हजार भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा १६ लाख ९७ हजार भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३६ हजार ५ सयबढीको मृत्यु भईसकेको छ भने १० लाख ९५ हजार ५ सय भन्दाबढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया