सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल निर्माण

सुशील सुबेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल निर्माण भइरहेको छ । हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो ।
हेलम्बुको डाँडाकाँडामा रहने यो ग्रेट ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने वन्यजन्तु रेडपान्डासमेत देख्न पाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अगुवाइमा निर्माण भइरहेको मार्गलाई हेलम्बु हिमालयन ग्रेट ट्रेल नामाकरण गरिएको छ । अहिलेसम्म ३०० मिटर काम भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत ६० किमी लामो चीनको ग्रेटवालको झल्को दिने खालको उक्त परियोजना सम्पन्न गर्न अनुमानित रु तीन अर्ब ५० करोड बजेट लाग्ने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया