टोकियोमा ७५ जनासहित जापानभर बुधवार २०४ जनामा कोरोना संक्रमण

टोकियो । टोकियोमा बुधबार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार १०६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
टोकियोमा अहिलेसम्म ७०५८ जना संक्रमित भएका छन् । साझँ २१ बजेसम्म जापानमा आज २०४ जना संक्रमण थपिएका छन् । जापानभर आजसम्म आन्तरिक र बाह्य गरि २१ हजार ११९ जना संक्रमित पुगेका छन् ।
अहिलेसम्म १७ हजार १९७ जना निको भएका छन् भने ९८२ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया