जापान । टोकियोमा आज बुधवार जुलाई १ तारिख एकैदिन ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोनाबाट संक्रमितहरुको संख्या ६७ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो मंगलबार ५४ जना संक्रमित पुष्टि भएको थियो । आज ६७जनासहित टोकियोमा संक्रमित कुल संख्या ६३०२ पुगेको छ ।
टोकियोमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।