शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा १९ महिना बिताएकी जापानी शिक्षिकाको अनुभव

हिरोको नाकामुरा, कुर्ता सुरुवाल र हातभरी चुरा थिए। उनले आफ्नो नेपाली नाम सहिष्णुता भएको बताइन । उनलाई सहिष्णुताको नेपाली अर्थ पनि कण्ठ भैसके छ । नेपाली खरर बोल्ने रहिछन् । जवाफमा उनले भनिन्  ‘मिलेर बस्न रुचाउनु वा शान्त रहनु ।’ उनले रामेछापको एक विद्यालयमा १९ महिनासम्म स्वयंसेवक शिक्षकको रुपमा पढाइन । नेपालको दुर्गम रामेछाप न.पा. वडा नं १ अवस्थित  श्री चण्डेश्वरी माध्यमिक  विद्यालय, गोठपानीमा उनले सानारसाना नानीहरुलाई आफ्नो ज्ञान सुम्पीएपछि मन प्रफुल्ल भएको बताईन ।

जापानमा अनुभव गर्न लगाएर पढाईन्छ, नेपालमा चाहिँ किताव पढाईदो रहेछ । ती साना नानीहरुले किताव कसरी बुझ्न सक्छन होलार ? उनलाई अहिले सम्म आश्चार्य लाग्छ । रामेछापको गोठगाँउमा उनी पूर्ण कार्कीको घरमा संयुक्तरूपमा खुशीका साथ रमाएर बसेको बताइन। आमाबुवा, काकाकाकी, दाजुभाउजु मजैले भनेको सुन्दा मलाई उनको बोलीको लयात्मकता अत्यन्तै मन पर्यो । “नेपालमा दालभात अनि तरकारी खाएको सम्झीरहने छु ।” उनले मुख मिठ्याइउदै भनिन् ।

जापानमा छोराछोरीमा भेदभाव हुंदैन, तर नेपालमा हुंदो रहेछ । नेपालमा छोरालाई सबैले जन्माउन चाहँदा रहेछन् । उनलाई नेपालीहरुले छोरा मनपराईदिएको पनि घत लागेछ । उनले भनिन छोरालाई मनपराउनु पनि राम्रो कुरा हो । १९ महिना यहाँ बस्दा उनले रामेछापमा दशैंको टिका लगाईन, सारी पनि लगाएं । कतीय राम्री देखिन्छु म सारीमा । जापानमा हामी त्यस्तो लाउदैनौ । जापानमा उनका बुवा वैज्ञानीक रे । आमाको औषधी पसल रहेछ । बैनि चाहीं चिनि रोग वैज्ञानिक आउन नदीने जडीबुटीको अनुसन्धान गर्दैछिन् । तर उनले चाहिँ शिक्षण पेशा रोजेकी रहिछन् । अनि जाईकाको सहयोगमा जापान सरकारले नेपालमा पठाउने स्वयंसेवकको रूपमा नेपालको सरकारी स्कुलमा सांस्कृतिक, सामाजिक र भाषा आदनप्रदानको लागि पठाउने रहिछ त्यही अन्तर्गत म नेपाल आएको उनी भन्छिन्   ।

उनलाई नेपाल आउन एकदमै मन छ , उनले अब जापान फर्कीएपछि छिट्टै बिहे गरेर ‘ज्वाई’ लिएर नेपाल आउने बताईन् । अनि रामेछापमा  बिहेभोज खुवाउनु रे । उनी नेपालीले जसरी खाना पनि मज्जाले हातैले खान्छिन्, नेपाली शैलीमा । उनले नेपाली भाषा सिकिछन् । उनलाई भाषा सिक्न दूई महिना लाग्यो । नेपाली गुरुबाट । अनि बाँकी चाही रामेछापको रहनसहन सिकायो । रामेछापमा उनले कुटो कोदालो गरीन् । आलू रोपिन अनि खनीन पनि । उनलाई जापानमा प्रविधी प्रयोग गरेको अनुभव थियो कृषिमा , नेपालमा चाहीँ हात पाखुराले खेती लगाको दृष्य मनमोहक लागेछ । “नेपालीहरु समूहमा हातैले काम गर्दा रहेछन् । “उनले सुनाईन् । तिजमा पनि सारी लगाएर पूजा गर्दा उनलाई हिन्दु धर्म अत्यन्तै रमाईलो लाग्यो रे ।

हिरोकोले यो वर्षको हाली पर्व पनि खुव रमाएर खेलीन् । रंगहरुसंग यति घनिष्ट उनि कहिलै भएकी थिईनन् । नेपालमा बस्दा स्कुलका सर मिसले एकदमै सहयोग गरे । सबैले बधाई दिए । शुभकामना दिए । कोरोनाको संत्रासमा जापान उड्नै लागेकी सहिष्णुतालाई  मैले राम्ररी जानुस है, भन्दा मिठो मुस्कान सहित ‘हस्’ भनिन् ।

@नेपालबाट मञ्जु मिश्रले तयार पारेको रिपोर्ट