Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

टोकियोमा आज २ जनामा मात्र कोरोना संक्रमण,जनजिवन सामान्यमा फर्कदै

टोकियो । जापानको राजधानी टोकियोमा आज शनिबार २  जनामा नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएका  छन् । हिजो टोकियोमा शुक्रबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जापानमा संक्रमन बढ्ने दर निकै कम भएको छ ।

शनिबार थपिएको संख्यासंगै टोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ५ हजार १३८ जना पुगेको एनएचकेले उल्लेख गरेको छ । जापानमा आन्तरिक र बाह्य गरि १७ हजार २ सय बढी कोरोना संक्रमित मध्ये १३ हजार ६ सय भन्दा बढी निको भएर घर पष्र्किसकेका छन् ।

हालसम्म जापानमाभर ८२७ जनाको मृत्यु भएको छ भने २ महिने लामो आपतकाल सोमबारबाट जापानभर हटाउने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया