Nepali date


मङ्लबार, चैत्र २५, २०७६

कोरोना भाइरसलाई डब्लुएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो । संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सचेत हुन आग्रह गरे ।

कोरोना भाइरस नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत सबै देशकालाई आग्रह समेत गरेको छ  । अहिलेसम्म कोरोनाको संक्रमण विश्वभरका १०० भन्दा धेरै देशहरुमा फैलिइसकेको छ । त्यस्तै, चार हजारभन्दा धेरै मानिसको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले यही आँकडालाई समेत आधार मान्दै विश्वव्यापी महामारीको घोषणा गरेको हो ।
कोरोना भाईरस नियन्त्रणको प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्न समेत आग्रह गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: