बिहिबार, बैशाख १३, २०८१

समृद्धिको लागि नेपालले छिमेकीबीच सन्तुलन मिलाए पुग्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ।

दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो । समृद्धिका लागि सन्तुलित,प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।
दुबै छिमेकी देशहरुका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भएपनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । ‘देशको यो स्थिति,यो आकारलाई नकारात्मक ढंगले बुझ्ने र त्यसैलाई दोष लगाएरु बस्ने दुई । ठूला ढुंगाका बीचको सानो तरुल भनेर । फैलिन पाउँदैन होला । फैलिन परेको छैन् । यसैमा समृद्धि बनाएर हुन्छ नी । हामी दुई ढुंगाको बिचमा छौँ भने फैलिन नपाउने होला तर यहि समृद्धि हासिल गर्न सकिन्छ । त्यसका लागि हामीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक छ’, उहाँले भन्नुभयो, ‘सूर्य, चन्द्रमा र पृथ्वी पनि आफ्नो सन्तुलनमा घुमेका छन् । सूर्यका वरिपरि घुम्ने नौं ग्रहलाई डोरीले झुण्ड्याएको छैन्। यो दुनिया धर्ति र प्रकृति नै सन्तुलनमा छ । हामीले संसारको सबै सन्तुलन गर्नुपरेको छैन् । दुईवटा छिमेकी मिलाउने हो । यो पनि ठूलो कुरा हो र ? पारस्परिक सम्मान र लाभका आधारमा जान सक्छौँ ।’

प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पधालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनुभएको छ । अरुलाई आफुभन्दा निच देखाएर ठूलो हुन नकिने बताउँदै उहाँले भन्नुभयो, ‘अर्काको कापी च्यातेर आफु अगाडी हुने होइन्। यसको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नती गर्छ । अरुको विगारेर आफु सप्रिने होइन् । अरुलाइृ पनि सप्रिन मद्दत गर्ने र आफु पनि सप्रिने बाटो हामीले लिनुपर्छ ।’ देशमा विकासका सबल सम्भावनाहरु रहेको उल्लेख गर्दै उहाँले जस्तोसुकै संकट आएपनि नडगमगाने अर्थतन्त्रत्र निर्माण गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताउनुभएको छ । दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, उर्जा उत्पादनमा असाधारण तिव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उहाँले बताउनुभयो।

शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताउनुभयो । जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पु¥याउन सकिएन भने केही गर्न नसकिने बताउनुभयो।