बिहिबार, बैशाख १३, २०८१

काठमाडौं-नारिता उडान निर्धारित मितिमा हुन्छ : नेपाल एयरलाईन्स

जापान । राष्ट्रीय ध्वजाबहाक नेपाल एयरलाइन्सको काठमाडौं-नारिता सिधा उडान  निर्धारित मितिमा हुने भएको छ ।

काठमाडौं-नारिता सिधा उडान निर्धारित मितिमा हुनेमा अन्यौल बढेको भनि समाचार आएपछि पूर्व निर्धारित मितिमैं उड़ान हुने जनाएको हो । काठमाडौं-नारिता सिधा उडान  निर्धारित मितिमा हुन्छ नेपाल एयरलाइन्सकी जापान कंट्री मेनेजर गीता चन्दले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको जहाज  हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रवार उड़ान हुने बतागमबष् समय तालिका परिवर्तन नभएको कंट्री मेनेजर चन्दले मातृ सन्देशलाई जानकारी दिनुभयो ।

एयरलाइन्सले काठमाडौं-नारिता सिधा उडान निर्धारित मितिमा हुने र हल्लाकोपछि नलाग्न अपिल गरेको छ ।  नेपाल वायु सेवा निगमले फागुन १९ गते अर्थात २ मार्च २०२० देखि जापानको नारितामा एयरबसको ए ३३० वाइडबडी जहाजबाट उडान सुरु गर्ने भनिए पनि फेरी अन्यौल बढेको थियो । काठमाडौंबाट बिहान १:२५ मा जहाज उड्ने छ भने नारितामा स्थानीय समयअनुसार बेलुका ६:२५ मा अवतरण हुने एयरलाइन्सले बताएको छ ।

एयरलाइन्सले काठमाडौं नारिता उडानका लागि प्रबर्द्धनात्मक भाडादर नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरेको छ ।  विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५-२५ केजी का २ ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३-२३ केजी का २ वटा व्यागेजको सुविधा पाउने एयरलाइन्सले जानकारी दिएको थियो ।