टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।
आगमी सेप्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा वितरण गरिने भएको छ ।
उक्त प्रतियोगिताको टिम दर्ताको अन्तिम मिति सेप्टेम्बर १७ सम्म नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरूङले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा गोला प्रथाद्धारा प्रकाशन गरिने खेल संयोजक बिशाल केसीले जानकारी दिनुभयो ।
भलिवल संघ जापान शाखाद्वारा दोस्रो पटक मैत्रीपूर्ण खुल्ला रनिङ पुरुष भलिबल प्रतियोगिताको सेप्टेम्बर १७ को साँझ पत्रकार गरेर सम्पूर्ण जानकारी दिएको छ ।


