शुक्रबार, बैशाख १४, २०८१

संघीय नमुना युवा संसद्को अभ्यास सञ्चालन,आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । राष्ट्रिय युवा परिषद्को आयोजनामा संघीय नमुना युवा संसद्को दोस्रो वर्षको अभ्यास सञ्चालन भएको छ ।
बिहीबारदेखि भक्तपुरमा सुरु भएको सङ्घीय युवा संसद्मा देशभरबाट छनोट भएका ८० जना युवा सहभागी छन् ।
युवाको नेतृत्व विकास,लोकतान्त्रिक प्रणालीलगायत मुलुकको संसदीय अभ्यासबारे युवालाई जानकार गराउँदै युवाका विषयमा बहस र छलफल गर्ने उद्देश्यका साथ युवा संसद्को अभ्यास गर्न थालिएको राष्ट्रिय युवा परिषद्होका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो । बिहीबारदेखि सुरु भएको युवा संसद्को अभ्यास चार दिनसम्म आज आईतवार एक समारोहको विच प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

राष्ट्रिय युवा परिषद्का प्रवक्ता ध्रुवराज पौडेलले कार्यक्रममा देशका सातवटै प्रदेशबाट ८० जना युवाको सहभागिता रहेको जानकारी दिँदै भन्नुभयो, “प्रत्येक प्रदेशका युवाक्लब सञ्जालबाट छनौट भई आएका ७÷७ जना गरी ४९ जना अनलाइन आवेदनबाट छनौट भएका २१ जना र राष्ट्रिय युवा परिषद्बाट मनोनीत १० जना गरी जम्मा ८० जना युवा प्रतिनिधि र स्वयंसेवक मर्यादापालक र मार्सल तथा कर्मचारीहरू गरी ९५ जना युवाको सहभागिता रहेको जानकारी दिनुभयो ।
युवा संसद्मा सहभागी सांसदहरूलाई स्थानीय तहका गतिविधिमा सहभागी गराउँदै राष्ट्रिय अभियान,विपद् व्यवस्थापन,युवा लक्षित कार्यक्रम कार्यान्वयन,सचेतना अभियान, युवा प्रतिभा प्रस्फुटन,खेलकुद,दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण र कार्यान्वयनका लागि नेतृत्व प्रदान गर्दै सामाजिक अगुवाको भूमिका निर्वाह गर्न सक्षम गराउने उद्देश्यसमेत राखिएको छ ।
साथै युवालाई सूचनाको हकको कार्यान्वयन गर्दै सुशासन प्रवद्र्धनका लागि अभियन्ताका रूपमा विकास गर्ने लक्ष्यसमेत रहेको छ ।

युवाको नेतृत्व क्षमता विकास र युवा परिचालनको उद्देश्यका साथ युवा संसद्को अवधारणा अगाडि सारिएको हो । युवा संसद्मा युवाका मुद्दा समस्या चुनौती, सम्भावना र अवसरबारे छलफल र बहस गरिएको छ ।