शुक्रबार, बैशाख १४, २०८१

गुठी विधेयकको विरोधमा पाटन कृष्ण मन्दिरबाट मसाल जुलुस

ललितपुर । गुठी विधेयकको विरोधमा शुक्रबार साँझ मसाल जुलुस निस्किएको छ। पाटन दरबार स्वायरबाट बेलुका मसाल जुलुस सुरु भएर करिब आधा घण्टामा सकिएको हो ।
जुलुस पाटन मंगलबजारबाट सुरु भएर गाभाहल, असोक हल, पाटन ढोका हुँदै पुन मंगलबजार पुगेर टुंगिएको हो ।

गुठी संरक्षण आन्दोलनका एकजना अभियन्ता रविन्द्र ताम्राकारले सरकारले विधेयकमार्फत संस्कृति, सम्पदा मास्न खोजेको र सामान्यरुपमा आन्दोलन गर्दा सुनुवाई नभएकाले मसाल जुलुस निकाल्नुपरेको बताए ।

पाटनका अर्का अभियन्ता न्युच्छे महर्जनले सरकारले गम्भीर भएर नसोच्दा जनताले आगो बालेर हिड्नुपर्ने अवस्था आएको बताए ।