आइतबार, बैशाख ०६, २०८३

जनप्रतिनिधिको मात्र जीवन सुधार हुने भा के को लागी क्रान्ति ?

जगदीश थापा,जापान । २००७ देखि २०६२/०६३ सम्मको आन्दोलन क्रान्ति जे भन्नुस त्यो कुनै नेपाल रास्ट्र र नेपालि जनताको मुहार फेर्न जिबनस्तर परिबर्तन गर्न भएको थियो जस्तो लागेन त्यो केवल सत्तारोहण गर्ने मनसाय स्वार्थ केन्द्रित आन्दोलन थिए भन्दा पाप लाग्छ किनकि ज्यान गुमाएर सहिद भएकाहरुको आत्माले सराप्छ तर नेतृत्व गर्नेहरुको जिबनस्तर एकाएक सुध्रिनु आम जनताको जिबनस्तर उस्तै रहनु यो देख्दा हामी जनता भ्रान्तिमा छौ भ्रममा छौ, आज सम्म गाबिस अध्यक्ष देखि साम्सद बनेका त्यो पनि एक पटक हेर्नुस उनीहरुको जिबनस्तर कोहि कसैलाई आर्थिक रुपमा कम्जोर देख्नु भयको छ ? ०४८/०५१/ ५४ सालमा हामीले चुनेका भुतपुर्ब जनप्रतिनिधिको जिबस्तर हेर्नुस अनि प्रतिक्रिया व्यक्त गरौ !
सरकारले गति लिने भनेको बिकास निर्माण मात्रै होइन, २०४६ साल देखि अघि र आजसम्म भएका बिभिन्न भ्रस्टाचार काण्ड अनिमियतता माथि छानबिन गर्नुपनि हो।नेता कर्मचारी देखि उद्योगी ब्यबसाही र जनता सम्म सबैको सम्पति छानबिन गरे जनता खुसि हुनेछन देसले पनि समृद्धिको बाटो लिन्छ नत्र धुलो माथि पिच गरेको बाटो जस्तो हुन्छ ।यसले राजनीति लाइ सुद्ध बनाउन मद्दत गर्छ ।सरकारको प्राथमिकता सुद्धिकरण भनेको भ्रस्टाचार प्रति गम्भीर बन्नु हो।
देशमा परिबर्तन पछि बिकासको पथमा अघि बढ्न नसक्नुको मुख्य कारण मनपरितन्त्र लाइ राजनीतिक भनिनु हो।बितेको ३० बर्षमा देशले गति लिएको भए आज कोरियामा कृषि कामको लागि जान हजारौ नेपालि युबा लिने लाग्दैन थिए हामी अरब तिर जानुपर्ने कल्पना पनि गर्न सक्दैनौ किनकि हाम्रो जस्तो उर्बर मिलेको सबै कुरामा सम्बाभाना भएका देसका नागरिक म त् अरब लाइ सम्पन्न देस कहिले मान्दिन किनकि उनीहरु संग तेल भन्दा बाहेक के छ ? अब सरकारले युबा परिचालन भनेर पार्टीको झण्डा बोक्ने हुल जत्था बनाउने लोकतन्त्रलाई भिड्तन्त्रमा रुपान्तरण गर्ने होइन बिभिन्न साना मझौला उध्योग खोल्न प्रोतसाहन गर्ने कृर्षीलाइ आधुनिककरण सामुहिक खेति गर्न योजना बनाउने, बजार ब्यबस्थापन र भारत वाट आयात हुने कृषि जन्य उत्पादन लाइ सकेसम्म रोक्ने कार्य गर्ने पर्दछ हाम्रा कृषकले उत्पादन गरेको बस्तु भित्र प्रतिसप्रदात्मक बनाउनु पर्दछ, सिचाई र रासायनिक मल को प्रबन्धमा सरकारले जोड दिनु साथै बित्तिय संसाथालाई महंगा कार मोटरसाइकल लगायत अरु मोजमस्तीका सामान खरिद गर्न दिने ऋण रोकेर कृषीलाई लगानी गर्ने खोज्ने युबालाइ योजना अनुसार ऋण प्रबाह गर्न दबाब दिने नियम बनाउन आवश्यक धेरै पछि स्थिर सरकार २ तिहाइ बहुमतको सरकार वाट आशा गरिएको छ।५ बर्ष पछि सोधिने छ कति रोजगार श्रृजना गर्यो ? बैदेसिक रोजगारीमा जाने नेपालीको संख्या कति कम भयो ? कति उद्योग खोलिए ? कति किलोमिटर बाटो पिच भयो ? कति राजमार्ग बन्न सुरु गर्यो ? कति मेगावाट बिधुत निर्माण सुरु गर्यौ ? बैदेसिक लगानी कति भित्रियो ? स्वास्थ्य शिक्षा जस्ता आधारभूत कुरा ब्यबसाय हुन् वाट रोक्ने प्रयत्न के के गर्यो ?शान्ति सुरक्षा कस्तो छ ? यस्ता प्रस्नको उत्तर चित्त बुझ्ने गरेर अहिलेको सरकारले ५ बर्स पछि जवाफ़ दिनुपर्ने छ !
सरकारको काममा बाधा अड्चन प्रतिप्रक्षले दिने छैन जनताको पक्षमा कुरा राख्दा मात्रै अब उ प्रति जनमत बढ्ने हो।अनाबस्यक कुरामा कार्यकर्ता उफार्न छाडेर हिजो आफुले गरेको गल्ति वाट अघि बढ्नु पर्ने छ ! सरकारमा हुँदा आफुले गरेको गल्ति बिर्सेर सरकार बाहिर हुँदा सबै कमजोरी देखाउँदा अबको जनमतले विश्वास गर्दैन ।बिदेशी भुमि वाट नेपाल देख्दा हामी सुन खानीमा जन्मियछौ तर सुन छाडेर फलामको स्वरुप बदल्न बिदेसियछौ जस्तो अनुभूति भयको छ ! जे जति माथि लेखियो यो एउटा आशा भरोसा विश्वास राखिएको छ ! जय देस !! जय मातृभुमि !!