सोमबार, बैशाख ०७, २०८३

फर्कनु अव घर

हजारौ बाध्यताहरुमा पिल्सिएर

मुटुमाथी ढुङ्गा राखि सात समुन्द्र पारी उडे म्

त्यो कलिलो उमेरमा !

रहर र बाध्यताले पालो पालो सिउरी खेल्ने यो मैदान

यो जीवन,

एउटा आखामा सपना,अर्कोमा आफ्नै पाखा पखेराको

छाया बनेर बसे

वर्षसम्म त्यो परदेशमा मेरा आखाका दुई नानि

बाहिर हेर्दा हसिलो मुहार,

भित्र लुकाएर करोडौ पिडाहरु बाबाको माया,आमाको वात्सल्य

आधिखोलाको झझल्को

साथीभाइको सम्झान् पखेरामा उड्ने चरिको रङ्

मेरो वनको त्यो गन्ध्

सबै मिस्सीएर एक्कै चोटी बनी रहन्थ्यो नोस्टाल्जिया- त्यो मोठो

पिडा परदेशिको ।

कस्लाई पो मन हुन्छ र आमाको काख छोडेर

आफैलाई चिन्ह गाह्रो

हुनेगरी हराउने ? कस्लाई पो हुन्छ र, बाबाको हात छोडेर्

अपरिचितको सहयात्री बन्न ?

कस्लाई पो मन हुन्छ र यो हिमालको काख छोडेर्

मरभुमिमा तडपिन ?

तर, प्राकृतिको वरदानमा इतिहासद्वारा अभिशप्त्

हाम्रो नेपाल ,हामी नेपाली

तर,

अब त्यो बाध्यता सधै भरिको लागि

हुत्याउनु छ हामी सबै मिलेर अब फेर्नु छ नियति

हामी पछी आउने करोडौ

मनहरुको,

अब बनाउनु छ,हाम्रै यी हातहरुले

बाटो,

काडाहरु पन्छाएर वनमाराहरु फालेर,

ढलेका रुखहरु मुढाहरु

तर्काएर्

धेरै बनायौ हामिले परदेश अर्काको महल,

अर्काको अलकापुरी,

अब बनाउनु छ,

यो हाम्रो नेपाललाई त्यो कल्पनाको स्वर्ग जस्तै

अब फेर्नु छ नियति,

हामी पछी आउने करोडौ नेपाली मनहरुको ।

जीवन अर्याल

युवा अभियंता